अँडुवा

वि. [सं. अण्ड+उवा]

  1. जहरवात भई वा स्वतः ठुला आँडा हुने; ठुलो अण्डकोष भएको; आँडावाल; आँडे।
  2. खसी नपारेको; नसुमरेको (साँढे, बहर, बोको, घोडो आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)