अखडा

ना. [प्रा. अक्खआडा > सं. अक्षवाट]

  1. कसरत गर्ने वा कुस्ती आदि सिक्ने ठाउँ; अखाडा।
  2. जोगी, फकिर, गँजडी वा जुवाडी आदि भेला हुने ठाउँ।
  3. कुनै व्यवसाय वा दलका व्यक्तिहरू थुप्रिएको ठाउँ। (उदा.- त्यो ठाउँ चोरको अखडा थियो।)।
  4. मनोरञ्जन गर्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)