अङ्कुसे

ना. [सं. अङ्कुश]

  1. कुनै वस्तुलाई तान्न प्रयोग गरिने टुप्पो घुँगुरिएको वा कापे परेको एक किसिमको काँटा वा फलामको साधन।
  2. हात्ती हाँक्ने सिलसिलामा हात्तीलाई तह लगाउन माहुतेद्वारा प्रयोग गरिने, टुप्पो नुहेको र अरू भाग सोझो हुने दुईमुखे काँटा।
  3. कुनै कामकुरा व्यवहारमा परेको वा पारिएको यस्तै कापे वा अड्को (उदा.- मैले अङ्कुसे मिलाइसकेकाले त्यो मान्छे उम्किन सक्ने सम्भावना छैन।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)