अजमाउनु
स.क्रि. [फा. आज्मा+आउ+नु]
- उपयोग वा प्रयोग गरी हेर्नु; परीक्षा वा जाँच गरी हेर्नु; परीक्षण गर्नु।
- पारख वा परख गर्नु।
- ठिक बेठिक वा हुने नहुने जाँच्नु या पर्गेल्नु।
- मनमा गढ्नु; कल्पना गर्नु; मनमा सोच्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)