अजातशत्रु
वि.
- शत्रु हुँदै नभएको; शत्रु पैदा नभएको।
- कसैसँग पनि शत्रुता वा वैरभाव नगर्ने।
- महाभारतमा वर्णित पाँच पाण्डवमध्येका जेठा युधिष्ठिरको नाम।
- राजगृह (मगध) का राजा बिम्बिसारका छोराको नाम (उनी गौतम बुद्धका समकालीन थिए)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)