अजिङ्गर
ना. [सं. अजगर]
- विष नहुने तर सासले तानेर निली खाने, ज्यादै ठुलो किसिमको, उष्णकटिबन्धप्रदेशमा हुने सर्प।
- अजिङ्गर जस्तै ज्यादा चलमलाउन नसक्ने किसिमको; ज्यादै ठुलो ; अजङको।
- अजिङ्गर जस्तै ज्यादै खाने वा सुत्ने।
- अल्छी; अकर्मण्य। अजिङ्गरको आहारा दैवले जुराउँछ/पुर्याउँछ (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)