अटपट

ना. [अ. मू. पट्+अ (द्वि.)]

  1. गडबड; गोलमाल; खटपट; कठिनाइ।
  2. अस्पष्ट बोली; बालबोली जस्तै अर्थ स्पष्ट नखुल्ने बोली।
  3. कुनै कामकुरामा व्यक्तिहरूका बिच परेको खटपट वा मनोमालिन्यको स्थिति। (उदा.- तिनीहरूका बिच आजकल अटपट परेको छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)