अडकलबाज

वि.

  1. अन्दाज वा अनुमान लगाउने; अडकल गर्न सिपालु।
  2. तथ्यतर्फ ज्यादा ध्यान नदिने; निराधार कुरा गर्न खप्पिस; अन्दाजैअन्दाजका भरमा कुनै कामकुराबारे धारणा बनाउने; डिङ हाँक्ने वा गुड्डी हाँक्ने; अन्दाजबाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)