अति

उप. [सं.]

  1. नाम र विशेषण शब्दको अगिल्तिर लागी आधिक्य, सीमा उल्लङ्घन, श्रेष्ठता, अतिशयता आदि बुझाउने उपसर्ग (अतिवृष्टि, अतिक्रमण, अतिवृद्ध, अत्याचार इ.)।
  2. ज्यादा; ज्यादै; औधी; अतिशय; अत्यन्त। (उदा.- राम त अति काम गर्दछ; ऊ अति सिपालु पनि छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)