अतिचार

ना.

  1. अर्कालाई ज्यादै ठुलो बाधा वा कष्ट पुग्ने गरी मर्यादा वा सीमा नाघेर गरिने कार्य; गर्न नहुने वा गर्न नसुहाउने काम।
  2. कसैमाथिको ज्यादै ठुलो अन्याय; अत्याचार; ज्यादती।
  3. ग्रह आदिको स्वाभाविक गतिभन्दा बढी गति भएको अवस्था। अति गर्नू, अतिचार नगर्नू (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)