अति गोप्य

वि.

  1. सम्बन्धित व्यक्तिबाहेक अरूले थाहा पाउन नहुने वा थाहा नपाएको।
  2. ज्यादै गोप्य गरी वा लुकाएर राख्नुपर्ने (चिट्ठीपत्र, कागजात आदि)।
  3. सम्बन्धित व्यक्तिबाहेक अरूले पढ्न निषेध गरिएको कागजातको बन्दी खाममा लेखिने वा छाप लगाइने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)