अथविचार

ना. [सं.]

  1. कुनै विषय, प्रसङ्ग वा कामकुराका बारेमा अब विचार गरौँ भन्ने आशय।
  2. कुनै कामकुरा गर्ने निधो भएपछि सो कामकुरा के कसरी गर्ने भन्ने छलफल वा सोचविचार।
  3. उत्तिकै जटिल वा समस्यापूर्ण ठानिएका दुई कुराका बारेमा सोचविचार वा छलफल गर्दै जाँदा एउटाचाहिँ कामकुरामा अलि कम जटिलता वा समस्या अनुभव गरी त्यसका पक्षमा गरिएको झुकाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)