अद्यापि
क्रि.वि. [सं.]
- आजसम्म; आज पनि।
- अझ पनि; अझसम्म पनि।
- अहिलेसम्म पनि; वर्तमानकालसम्म पनि; यतिखेर पनि।
- विगत समयका साथै वर्तमान समयमा पनि। (उदा.- दुर्गम पहाडी क्षेत्रमा अद्यापि मुद्राका सट्टा वस्तु विनिमयको प्रथा प्रचलित छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)