अधिकारी
ना.
- कुनै अड्डा, सङ्गठित संस्था वा निकायको अधिकार पाएको व्यक्ति; पदाधिकारी; अधिकृत (जस्तो-भूमिसुधार अधिकारी, जिल्ला शिक्षा अधिकारी इ.); हाकिम; अफिसर।
- स्वामी; मालिक।
- कुनै कुरामा राम्रो दखल भएको व्यक्ति। (उदा.- म यस विषयको अधिकारी होइन।)
- पूर्वीय प्राचीन परम्पराअनुसार कुनै पनि शास्त्रको थालनीमा सो शास्त्र पढ्न उपयुक्त पात्र ठहर्याइएको व्यक्ति; शास्त्रका आरम्भमा बताइने अनुबन्ध चतुष्टय (विषय, सम्बन्ध, अधिकारी र प्रयोजन) मध्ये एक।
- नेपालका थारू, दनुवार, बाहुन, छेत्री आदिको एक थर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)