अधिगम/अधिगमन

ना. [सं.]

  1. कुनै व्यापार वा कारोबारबाट हुन आउने लाभ; प्राप्ति; आम्दानी।
  2. चेतना; ज्ञान।
  3. अध्ययन गर्ने काम; चिन्तनमनन गर्ने काम।
  4. पुग्ने काम; पहुँच।
  5. अदालतमा न्यायाधीशले कुनै मुद्दामामिलाको मिसिलबाट निकालेको निचोड; निस्तुक; निष्कर्ष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)