अनाहत

वि. [सं.]

  1. नठोकिएको।
  2. क्षुब्ध नभएको।
  3. गुणा नगरिएको; अगुणित।
  4. दुईवटा बुढी औँलाले दुवै कानका प्वाल थुनी ध्यान गर्दा सुनिने आवाज।
  5. शरीरका छ चक्रमध्ये एक; हृदयमा रहेको बाह्रपत्रे कमल।
  6. आघातविना नै आउने आवाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)