अनियमित

वि. [सं.]

  1. नियम नभएको; नियम नअँगालिएको।
  2. नियमको पालन नगरिएको; नियमविपरीत; नियमले नमिल्ने।
  3. व्यवस्था नभएको; अव्यवस्थित।
  4. नियमित नभएको।
  5. कुनै खास स्थान, समय वा प्रक्रिया आदि निर्धारित नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)