अनियमितता
ना.
- नियमअन्तर्गत नपर्नाको भाव वा अवस्था; नियमितताको अभाव।
- व्यवस्थितताको अभाव; अव्यवस्थितता।
- कुनै खास तरिका वा प्रक्रिया नतोकिएको स्थिति।
- ऐनकानुन र रुल नियमको पालना नभएको स्थिति।
- निर्धारित नियम र प्रक्रिया नपुर्याई खर्चबर्च आदि गर्दा हुन आउने दोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)