अनिर्णय

ना. [सं.]

  1. निर्णय नहुनाको भाव, गुण वा अवस्था; निर्णयको अभाव।
  2. कुनै प्रश्न, समस्या वा कुराको छिनाफाना, निर्क्योल, समाधान आदि नभएको स्थिति।
  3. कुनै मुद्दा, झगडा वा विवादको टुङ्गो नलागेको अवस्था।
  4. अनिश्चय; बेनिधो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)