अनिवार्य बचत

ना.

  1. सेवापछिको अवधिका निम्ति गुजारा गर्न सजिलो होस् भनी कर्मचारीको तलबबाट नियमित रूपमा केही रकम काटी त्यति नै रकम सम्बन्धित कार्यालयबाट थपी चक्रवृद्धि ब्याजका साथ सञ्चित गरिने काम; सञ्चयकोषकट्टी।
  2. भूमिसुधार कार्यक्रमअन्तर्गत गाउँ गाउँमा किसानहरूको आर्थिक उत्पादनबाट नियमानुसार नगदीजिन्सी रकम उठाई त्यसको ब्याजसहित खाता राखी बचत गरिने पद्धति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)