अनुत्तरदायी
वि.
- उत्तरदायी नभएको वा नरहेको; आफ्नो ओहदा वा जिम्माका कामकुरामा दायित्व वा उत्तरदायित्वको बोध नगर्ने।
- कुनै कामकुरा बिग्रेकोमा वा त्रुटिगल्ती भएकोमा कुनै पनि प्रकारले उत्तरदायी ठान्न वा ठहर्याउन नसकिने।
- कुनै कामकुरा बिग्रनामा जिम्मेवारी नभएको; गैरजिम्मेदार; गैरजिम्मेवार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)