अनुत्तरित
वि. [सं.]
- जवाफ वा उत्तर नदिइएको।
- पहेलीका रूपमा रहेको रहस्यात्मक; रहस्योद्घाटन हुन नसकेको।
- अहिलेसम्म कुनै उत्तर वा समाधान प्राप्त नभएको; कुनै टुङ्गो लाग्न नसकेको; तात्त्विक (ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा जति प्रश्न उठेका छन् तीमध्ये निकै प्रश्न अझै अनुत्तरित रूपमा छन्।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)