अनुदात्त

वि. [सं.]

  1. उदात्त नभएको; अनुदार।
  2. क्षुद्र; तुच्छ; निकृष्ट; नीच; तल्लोखाले।
  3. स्वरवर्णको उच्चारण गर्दा स्वराघातमा विशेष जोड नपर्ने, स्वरका उदात्त, अनुदात्त र स्वरित तीन भेदमध्ये एक; सारस्वरसहित वैदिक मन्त्रको पाठ गर्दा हात तल झड्कारी अभिव्यक्त गरिने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)