अनुशासन
ना. [सं.]
- सामाजिक, नैतिक, धार्मिक, राजनीतिक आदि नियमनियमावलीको मर्यादा वा सो मर्यादाभित्र रहने कार्य।
- आदर्श आचरण र त्यसको पालना।
- मान्य वस्तु र मान्यजनप्रतिको आस्था।
- शिक्षा; तालिम; शिक्षण।
- शिक्षणक्रियाको एक पद्धति।
- आफूमन्तिरकालाई काबुमा राख्ने कार्य; अदप।
- नियमितता; सुव्यवस्था; शान्तिसुरक्षा।
- संयम; आत्मसंयम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)