अनुष्ठान
ना. [सं.]
- शास्त्रले बताएअनुसार यज्ञयागादि धार्मिक कार्य गर्ने काम।
- अभीष्ट फल वा चिताएको कुरा पाउनका लागि शास्त्रमा बताइएको विधिमुताबिक नियमपूर्वक कुनै देवताको जप, पूजा, पाठ आदि गर्ने काम।
- त्यस्तो किसिमको आराधना वा उपासना।
- नियमपूर्वक एकाग्र वा दत्तचित्त भई गरिने कुनै धार्मिक, सामाजिक वा अन्य विशेष महत्त्वपूर्ण र कठिन कार्य।
- त्यस्ता कार्यको शुभारम्भ गरी सफल पार्ने काम; आराधना; उपासना; पुरश्चरण; व्रत; कार्यारम्भ; विशेष कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)