अनुसरण
ना. [सं.]
- कुनै वस्तु, विषय, विचार, कुरा वा व्यक्तिको पछिपछि लाग्ने काम।
- कुनै व्यक्ति जुन दिशातर्फ गएको छ त्यसैतर्फ जाने काम।
- कसैको आज्ञा वा आदेशको पालन गर्ने र सो आज्ञा, आदेशबमोजिम चल्ने वा आचरण गर्ने काम; ठहर वा निश्चय भएअनुसार गर्ने काम।
- अनुकरण; नक्कल; देखासिकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)