अनौचित्य
ना. [सं.]
- जेजस्तो हुनुपर्ने हो वा हुनु उचित हो त्यसको अभाव; औचित्य वा उचितताको अभाव।
- अनुचित वा अनुपयुक्त हुनाको भाव वा अवस्था।
- आचार्य क्षेमेन्द्रद्वारा प्रस्तुत औचित्यवादअनुसार कुनै कृतिमा साहित्यिक तत्त्व, रस आदिको उचित उपयोग नभएको अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)