अनौठो
वि. [हि. अनूठा< प्रा. अनुट्ठो]
- सामान्यतः हुने वा देखिनेभन्दा नौलो; नयाँ किसिमको।
- आफ्ना असाधारणता, विशिष्टता वा विलक्षणताले गर्दा चकित, विस्मित वा हक्क न बक्कका साथै प्रसन्न तुल्याउने।
- यसो हुन्छ होला वा हुन सक्छ भनी लिइएको सामान्य धारणा तथा विश्वासभन्दा बिलकुलै बेग्लै; आश्चर्यलाग्दो; विस्मयकारी; विलक्षण; अचम्मको; अपूर्व; अद्भुत; विचित्र; गजबको; छक्कलाग्दो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)