अन्तःप्रेरणा
ना.
- कुनै कामकुराबारे मनमा आफैँआफ उब्जेको प्रेरक भावना वा विचार; भित्रैदेखि मनमा पैदा भएको प्रेरणा वा प्रवृत्ति।
- सहज वा स्वाभाविक रूपमा कुनै कामकुराबारे मनमा हुन आएको स्फुरण; बाहिरी कारणबाट प्रेरित नभई आन्तरिक रूपमा पैदा भएको प्रेरणा।
- मनोविज्ञानका अनुसार कुनै कामकुरा गर्न आन्तरिक रूपमा अनुभव गरिएको उद्दीपन; कुनै कामकुरामा प्रवृत्त हुन कसैलाई प्रेरित गर्ने आन्तरिक उद्दीपन; सहज प्रेरणा; स्वाभाविक प्रेरणा; आन्तरिक प्रेरणा (उदा.- यो काम कसैले लगाएर होइन, मैले आफ्नै अन्तःप्रेरणाले गरेको हुँ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)