अन्तरीप

ना. [सं.]

  1. पातलो, साँगुरो र सोतो परी समुद्र वा विशाल तालको निकै भित्रसम्म पसेको भूभाग वा जमिनको विस्तार; सोतो परी निकै भित्रसम्म पसेका कारणले तीनैतर्फबाट समुद्रले घेरिएको भूभाग। (जस्तो- कन्याकुमारी अन्तरीप भारतको दक्षिणी भूसीमा हो। )

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)