अन्तर्ज्ञान
ना. [सं.]
- मनमा वा अन्तस्करणमा हुने ज्ञान; अन्तर्बोध।
- प्रकृतिबाटै जीवननिर्वाह, आत्मसुरक्षा आदिका निम्ति जीवलाई प्राप्त भएको आन्तरिक, सहज वा नैसर्गिक चेतना; सहज ज्ञान; सहजानुभूति।
- आफ्नै वा अरूका मनभित्रको कुरा जान्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)