अन्तर्दृष्टि

ना. [सं.]

  1. कुनै कुरा देख्ने, पहिचान्ने, सम्झने वा बुझ्ने भित्री आँखा; त्यसो गर्ने वा गर्न सक्ने आन्तरिक शक्ति; भित्री दृष्टि।
  2. अन्तर्ज्ञान; स्फुरण।
  3. आन्तरिक चेतना; प्रज्ञा; भित्री ब्रह्म; ज्ञानचक्षु; नैसर्गिक विवेक। (उदा.- साहित्यकारहरूका अन्तर्दृष्टिबाट जीवन र जगत्का नयाँ नयाँ सत्य उद्घाटित हुन्छन्।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)