अन्तर्भाव/अन्तर्भावना

ना. [सं.]

  1. भित्री भावना; आन्तरिक भाव; मनको भावना; भित्री आशय वा अभिप्राय; मनोभावना।
  2. आफ्नो अलग पहिचान वा अस्तित्व त्यागी अरूमा विलीन, सम्मिलित वा समाविष्ट हुने काम।
  3. कुनै खास व्यापक सन्दर्भअन्तर्गत अन्य प्रासङ्गिक कुरालाई मिलाउने र गाभ्ने, गाभिने क्रिया। (उदा.- मैले राखेको प्रस्तावअन्तर्गत तपाईंले उठाएको कुराको पनि अन्तर्भाव छ।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)