अन्तर्मुख/अन्तर्मुखी
वि. [सं.]
- भित्रतर्फ उन्मुख; अन्तस्करणतर्फ उन्मुख हुने प्रवृत्ति भएको।
- बाहिरी जगत्, क्रियाकलाप वा विषयतर्फभन्दा भित्री आध्यात्मिक कुराहरूमै लीन हुने।
- आफ्नै विचार र कल्पनामा तल्लीन रहने र बाहिरी जगत्तर्फ कम रुचि राख्ने।
- आफ्नो मनलाई आफैँमा वा आफूभित्रै केन्द्रित गर्ने।
- अरूसँग उति सम्पर्क नराख्ने र बोलचाल नगर्ने अनि हिमचिम नबढाउने; आत्मकेन्द्री र सङ्कोची स्वभाव भएको। विप. बहिर्मुख/बहिर्मुखी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)