अपभ्रंश

ना. [सं.]

  1. तलतिर खस्ने वा झर्ने काम; पतन।
  2. बिग्रेको स्थिति; विकृति।
  3. मूल उच्चारण ठिक र शुद्ध किसिमले गर्न नसकी बिग्रेको शब्दरूप।
  4. प्राचीन मध्यदेशीय प्राकृत भाषाभन्दा पछिको र आधुनिक आर्यभाषा जन्मनुभन्दा पहिलेको तथा सोही आधुनिक आर्यभाषाको विकास गराउने भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)