अपवाद

ना. [सं.]

  1. कसैको सम्मानमा आघात पुग्ने लोकनिन्दा; बदनामी; तिरस्कार।
  2. नभए, नगरेका कुराको दोष वा आरोप; झुटो दोष।
  3. व्यापक वा सामान्य नियमभित्र नपरेर त्यसको अतिरिक्त आउने विषयवस्तु वा कामकुरो; सामान्य लक्षणमा नअटाउने कुरो।
  4. झुटो कुरो; असत्य वार्ता।
  5. वेदान्तशास्त्रका अनुसार अध्यारोपको निराकरण। (जस्तो- डोरीमा सर्पको ज्ञान अध्यारोप हो भने डोरीको वास्तविक ज्ञानबाट सर्पको ज्ञानको निराकरण चाहिँ अपवाद हो।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)