अभिमान
ना. [सं.]
- आफ्नो मान, प्रतिष्ठा, सत्ता आदिको कल्पना वा ज्ञान।
- मान, प्रतिष्ठा, योग्यता आदिका सम्बन्धमा मनमा हुने प्रायः अनुचित धारणा; सेखी; घमन्ड; तुजुक; अहमत्याईं; अहङ्कार।
- आफूले आफैँलाई ठुलो सम्झेर अरूका अगाडि फुइँ लाउने काम; आत्मश्लाघा; आत्मप्रशंसा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)