अभियान
ना. [सं.]
- कुनै विशिष्ट कार्य, निश्चित उद्देश्य वा लक्ष्य प्राप्त गर्न प्रायः सामूहिक रूपमा गरिने प्रयास।
- युद्धका लागि गरिने सैनिक यात्रा; सेनाद्वारा गरिने चढाइ; आक्रमण; धावा
- पहाडपर्वत आदिमा चढ्ने काम; आरोहण।
- नजिक आउने वा जाने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)