अर्धजल
ना.
- मर्न लागेका व्यक्तिलाई अधोअङ्गबाट प्राणवायु ननिस्कियोस् भनेर गरिने जलसंयोग; अन्तिम अवस्थामा पुगेको व्यक्तिलाई उसको मुक्तिका निम्ति कमरदेखि उँधो आधा शरीर पानीमा डुबाउने काम; अर्धोदक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)