अवाच्य
वि. [सं.]
- कसैलाई गाली वा दुर्वचन गर्न नहुने; अनिन्द्य।
- भन्न नहुने; अकथ्य।
- कुरा उठाउन वा प्रसङ्ग चलाउन नमिल्ने।
- दक्षिण दिशातिर हुने वा पाइने; दक्षिण दिशातिर व्यवहार गरिने।
- खराब बोली; कुवाच्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)