अव्यय
ना. [सं.]
- व्याकरणशास्त्रअनुसार लिङ्ग, वचन, कारक आदिका दृष्टिले सधैँ एक रूपमा रहने शब्द वा पद; अविकारी शब्द वा पद (अनि, पनि, र इ.)।
- कुनै व्यय वा विकार नभएको; एकनास रहने।
- आदिअन्त्य नभएको।
- नित्य; शाश्वत।
- खर्च नहुने; अविनाशी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)