आंशिक

वि. [सं.]

  1. केही भागसित सम्बन्धित; थोरै भाग मात्र भएको। (उदा.- आंशिक रूपमा यो कुरा सत्य हो।)।
  2. अंश वा भागसम्बन्धी; अंशविषयक।
  3. विश्वविद्यालय वा अन्य कुनै तहको परीक्षाका निर्धारित विषय वा पत्रहरूमध्ये केहीसँग मात्र सम्बन्धित (आंशिक परीक्षा, आंशिक प्रयोजनका निम्ति लेखिएको शोधपत्र इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)