आयव्ययक
ना.
- आगामी वर्षको निमित्त विभिन्न विभाग वा कामका निम्ति इन्तिजाम गरिएको आम्दानीखर्चको लेखाजोखा; बजेट; एक वर्ष वा अरू कुनै समयावधिका लागि अनुमान गरिएअनुसार भविष्यको कार्य सञ्चालनमा प्रस्तुत गरिएको आर्थिक योजना।
- कुनै सरकारी, अर्धसरकारी संस्था आदिको सालभरमा हुने आम्दानी र खर्चको अनुमानित लेखाजोखा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)