इच्छ्याउनु
स.क्रि. [इच्छा + याउ + नु]
- इच्छा प्रकट गर्नु; मनले चाहेको कुरो खोल्नु।
- आफ्ना हकभित्रको जायजेथा वा चल, अचल सम्पत्ति राजीखुसीले अर्काको हक हुने गरी लिखत गरिदिनु; इच्छापत्र लेखिदिनु।
- आफ्नो साटो कुनै काम गर्न वा आफूले पाउने कुनै कुरा भन्न, लिन अर्को व्यक्तिलाई रोज्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)