इति
ना. [सं.]
- परिमाण, विस्तार आदिको अन्त; अन्त्य; आखिरी।
- काम पूरा हुने वा भएको अवस्था; समाप्ति; पूर्णता; टुङ्ग्याउनी।
- कुनै ग्रन्थ वा ग्रन्थको अंश र लेख, रचना, कागज आदिको पुछारमा त्यसको समाप्तिको सूचना दिन प्रयोग गरिने शब्द। (उदा.- इति तोतामैनाको कथाको पहिलो भाग समाप्त। इति संवत् २०३८ साल पुस ७ गते रोज ३ शुभम्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)