ई
वि.बो. [सं. इः]
- घृणा, अवहेलना र झिँझ्याहट आदि मनका भाव प्रकट गर्दा प्रयोग गरिने शब्द। (उदा.- ई, जति गाली गरे पनि आफ्नो बानी छाडिन्छ र!)।
- अरूलाई हियाउँदा वा लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द। (उदा.- ई, गर्! ई, खा!)।
- कुनै नजिकको वस्तु औँल्याउँदा उच्चारण गरिने शब्द। (उदा.- ई, तिमीले खोजेको माल यहीँ रहेछ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)