उकेर्नु

स.क्रि. [उकेरा+नु]

  1. वरपरको माटो ल्याएर बोटबिरुवाका फेदमा थुप्र्याउनु; उकेरा लाउनु; गोडमेल गर्नु।
  2. गहिरो ठाउँमा रहेको माटो मास्तिर ल्याउनु।
  3. कुनै व्यक्तिलाई नचाहिँदो वा व्यर्थको कामकुरो गर्न उक्साउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)