उग्र

वि. [सं.]

  1. हम्मेसी नजिक पर्न नसकिने वा क्रूरतापूर्ण व्यवहार भएको; भयङ्कर; डरलाग्दो।
  2. तीव्र।
  3. उत्कट वा विकट रूपमा सक्रिय रहने; सहजै शान्त नहुने; कडा; चर्को।
  4. अति; असाद्धे; ज्यादा।
  5. शिव; महादेव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)