उत्तोलक

ना. [सं.]

  1. मुढो वा ढुङ्गो आदिलाई आधार बनाएर गह्रौँ वस्तु हल्लाउने वा उचाल्ने फलामे साधन; नोल।
  2. गह्रौँ वस्तु उचाल्ने यन्त्र; क्रेन।
  3. बिजुलीको भरेङ; लिफ्ट।
  4. कुनै दण्डलाई स्थिर बिन्दुमा अड्याएर चारैतिरको भाग घुमाउन सकिने यन्त्र; धुरी।
  5. किनबेच गर्दा सानातिना सामान तौलने साधन; तराजु।
  6. उभ्याउने; उठाउने; उचाल्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)