उत्पत्तिवाद

ना.

  1. मानव समुदाय, भाषा आदि सबै कुरा कुनै ईश्वरीय तत्त्वबाट पैदा भएका हुन् भन्ने मत वा सिद्धान्त; ईश्वरवाद।
  2. भरतको रससूत्रका व्याख्याता भट्टलोल्लटद्वारा प्रतिपादित रसको उत्पत्ति हुन्छ भन्ने सिद्धान्त।
  3. शब्दार्थका सम्बन्धमा अर्थबाट शब्द उत्पत्ति हुन्छ भनेर मान्ने सिद्धान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)